हालै काठमाण्डुका मेयर पदका लागि मधेसमुलका बालेन शाहका उम्मेदवारीले राजनैतिक सरगर्मीले उपत्यका तातेको छ. उनीलाई हराउन धेरै पछि लागेका छन्. केही दिन अगाडि पोखरा घुम्न जाँदा कतिपय ठाउँमा प्रवेश शुल्क भारतीय, नेपाली र बिदेशीलाई फरक फरक छ. धेरै जसो ठाउँमा रोकेको ले मैले म आफु नेपाली हुँ भनि प्रमाणित गर्नु पर्यो. अहिले सामाजिक संजाल पनि यही कुरा बालेन शाह लाई सोधिएको छ. यसै प्रसँगमा मधेस आन्दोलन ताका लेखिएको लेख तल प्रस्तुत गरेको छु…
पहाडी समाजमा हुर्कियो… तराई भन्दा पहाडमा बढी जवानी गुजारियो… मैथली भन्दा “खस” अथवा पहाडी भाषामा पोख्त भइयो… पहाडीसंगै बिहे गरियो… मलाई मधेसी भन्दा पनि पहाडी जीवनशैली सहज लाग्छ… यी सब परिस्थितिले भएको जसमा मलाई कुनै दुख छैन जब कि आफु गौरबम्बित ठान्दछु… मधेसी भएरपनि पहाडियाको शानशौकतको जीवन पाएँ.. तर अहिले यसो बिचार गर्दा आफु न घरको न घाटको भइयो… सदा मधेसी/पहाडी/नेवार/बाहुन/छेत्री को पहिचान छोडी नेपालीको पहिचानको वकालत गर्ने आज म यो सामाजिक संजालमा चलिरहेको “मधेसी-भारतीय” बिरोधि बहस वा “आन्दोलन”ले दिक्क भएर १९९०मा स्वतन्त्रताको लागि भारतीय प्रहरीसंग कुटाइबाट जति पिडा भएको थिएन आज त्यो घाउले मेरो (र मेरा अन्य पहाडी/नेवार/बाहुन/छेत्री मित्रहरुको) राष्ट्रवादको अपहेलना गरेकोछ… के हामी यहि स्वतन्त्रताका लागि पिटाई, गालि, डर र धम्कि खाएका थियों? त्यसबेला हामी “चार बर्ण छतीस जातिको फूलबारीको” मिठो सपना बोकेर नेपाली पहिचानको लागि लडेका हौँ… तर आज मलाई “भारतीय जासुस”को आरोप लगाइएकोछ… “आफ्नो देश फर्केर जा” भन्ने संदेशहरु आएका छन्… जसले गर्दा आज मलाई नेपाली भन्दा पनि मधेसी हुनमा घमण्ड छ…
सदा बिर गोर्खालीको आवाजलाई विश्वमा नेपाली र आफ्नो पहिचानको पर्यायवाची बनाएकोमा म लज्जास्पद छु… मैले बिर्शे तिरहुतिया फौजले (Tirhutia is synonymous to Maithali) जय प्रकाश मल्ललाई पृथ्वी नारायणको नेपाल एकीकरण बिरुध्ह लडेका थिए… यी मधेसी फौजलाई आखिरमा हराएर मात्र पृथ्वी नारायणले काठमाडौँ उपत्यका हासिल गरे… तर त्यसपछि तिरहुतिया फौजलाई खारिज गरि मधेसीहरुलाई कहिले नेपाली सेनामा समावेश नगरियोस भन्ने उर्दी पृथ्वी नारायणबाट जारि भएको हो (this explains the absence of Madhesi in the Nepalese Army)… र आज यी मधेसी जो नेवार राजतन्त्रका लागि लडेका थिए आज उनीहरुको राष्ट्रवाद माथि प्रश्न उठाइन्छ… मधेसीहरु कहिले साहस र बहादुर हुन सक्दैनन् भन्ने पाढ़ पढाइन्छ… त्यसैले मलाई “गोर्खाली”को पहिचान चाहिएको छैन… (यदि निलायेर हेर्ने हो भने हाम्रा मगर, राई, गुरुङ तथा अन्यले नै गोर्खालीको सम्मान गरेका छन्). गोर्खाली, मधेसी, मगर, थारु र किरात – यी जम्मै अलग पहिचान हुन्… त्यसैले म गोर्खाली भन्दापनि मधेसी हुँ…
मधेशमा पनि बिभिन्न भाषाभाषी बोलिन्छ – मैले बोल्ने मिथिला र जनकपुरमा बोल्ने फरक छ, त्यस माथि पनि मिथिला, अवधी, भोजपुरीले “म कुरा गर्छु आगराको… उनि गर्छन गग्राको” अन्योलको स्थिति पैदा नहोस भनि हिन्दीमा बोलिन्छ र बोल्दैमा “भारतीयको” डाम लगाइन्छ… हामीले नेपाली नसिकेका होइन… हाम्रो उच्चारण प्रख्यात नै छ… मेरो भाषा, उच्चारण र हिन्दी (सुबिधाको लागि) मेरो पहिचान हो…
गर्मीको मारले गर्दा धोति, कुर्ता लगाएर गम्छा भिड्दैमा, हामी अशिक्षित र तुच्छ वर्गका होइन… ढाका टोपी लगाउदैमा राष्ट्रबाद झल्किन्दैन… दोहोरी गीतको भाका नबुझ्दा गँवार भईनदैन… कहिले नदेखेको डाँफे र लालीगुराँस मधेशको पहिचानसंग गाभ्न सकिन्दैन… झिन्झिया नृत्य हाम्रो संस्कृति झल्काउन्छ न कि लाखे र सोरठी नांचले… दशैंमा निधारभरी टिका लाउने चलन नभएपनि दशैं मनाइन्छ… तिहारमा भाइटिका नमनाएपनि राखी बाँधिन्छ… मधेशका कवि विद्यापीठ नेपालका आदिकवि बन्न सकेनन्… हाम्रो अलग पहिचान छ…
भादेशी (meaning uncouth) (मधेसमा रहेको व्यापक सोचाई) बाट उत्पादित मधेसीलाई संधै अपहेलना गरिन्छ… संधै सुरक्षाकर्मी र प्रसासनबाट भयभित भएर बाँच्न सकिन्न… बुद्ध नेपालमा जन्मेको भनेर चिनाउनछौं… तर हामीसंग राष्ट्रबाद र देशभक्तिको शंकास्पदले नेपाली नागरिक प्रमाण खोजिन्छ… यदि यी जम्मैलाई नेपाली पहिचान बनाउने हो भने, हामीले आफ्नो सोचमा परिवर्तन ल्यानुपर्छ… यहि पहिचानका – हाम्रो भेषभुसा, भाषा, बर्ण तथा संस्कृतिको – लागि हामी आन्दोलनमा छौं… तर यहि पहिचानको लागि लड्दा पुर्खौं देखि नेपालमा भए पनि “भारतीय” भनेर बाच्नु परेको छ… शायद एकदिन नेपाली भएर आफ्नो पुर्खाको देशमा बस्न पाइएला…